काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । राजावादी प्रदर्शनकारी अराजक बनेपछि काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले अपरान्ह ४ः२५ बजेदेखि राती १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको उल्लेख गरेको छ ।

जस अनुसार बानेश्वर तिनकुने क्षेत्रको गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुदै कोटेश्वर, कोटेश्वरदेखी जडिबुटी पुल,कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखी शंखमुल पुलसम्म र गौशाला चोकदेखी पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यू जारी गरिएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज