राजावादी आन्दोलन: प्रसाईं फरार, मिश्रसहित शीर्ष नेता पक्राउ

काठमाडौं । राजावादी आन्दोलनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईं फरार रहेका छन् भने राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्रसहित शीर्ष नेताहरू प्रहरी नियन्त्रणमा परेका छन्।

शुक्रबार दिउँसो तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले मिश्रसहित आन्दोलनमा संलग्न अधिवक्ता स्वागत नेपाल, सन्तोष तामाङ र जेफर लिम्बु लगायत पाँच जनालाई पक्राउ गरेको हो। प्रहरीले नवराज सुवेदीको घरमा समेत निगरानी बढाएको छ।

स्थिति तनावग्रस्त बनेपछि प्रशासनले भोलि बिहान ७ बजेसम्मका लागि काठमाडौंका विभिन्न स्थानमा कर्फ्यु जारी गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज