पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौँ महानगरको ७ लाख ९३ हजार जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शनका क्रममा वातावरण प्रदूषण, तोडफोड, र सार्वजनिक सम्पत्तिको क्षति भएको भन्दै महानगरले उक्त कारबाही गरेको हो।

शुक्रबार भएको प्रदर्शनमा सडक, फुटपाथ फोहोर पारिएको, दमकल तोडफोड गरिएको, रुखबिरुवा र रेलिङ भत्काइएको आरोपमा महानगरले पूर्वराजालाई आठवटा पत्र पठाएको छ।

प्रदर्शनका क्रममा भएको क्षतिको विवरण:

  • कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर -१ लाख
  • महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर-१ लाख
  • तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर-१ लाख
  • जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर-१ लाख
  • बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- १ लाख
  • सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर-१ लाख
  • दमकल तोडफोड-१ लाख ३० हजार
  • तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड-६३ हजार

महानगरले पूर्वराजालाई प्रदर्शनका कारण उत्पन्न फोहोरमैला र तोडफोडको क्षतिपूर्ति तिर्न निर्देशन दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज