राप्रपा सांसद दीपक बोहराको निधन

काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।

उनका स्वकिय सचिव तारामणि चन्दले सांसद बोहराको निधनको पुष्टि गरेका छन् । बोहरा २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज