कुलमान र हितेन्द्रको रिट सर्वोच्चमा हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पद पुनर्बहाली र हाल कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यको सेवा–सुविधासम्बन्धी रिटमाथि सर्वोच्च अदालतले तत्काल निर्णय नगरी ‘हेर्दाहेर्दैमा’ राखेको छ।

मंगलबार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा दुवै रिटमाथि बहस भएपछि अन्तिम टुंगो नलागेपछि सर्वोच्चले ‘हेर्दाहेर्दैमा’ राख्ने निर्णय गरेको हो।

साढे चार महिना कार्यकाल बाँकी रहँदै आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको भन्दै कुलमान घिसिङले गत बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए। उता, हितेन्द्रदेव शाक्यले अघिल्लो कार्यकालमा आफूले राजीनामा नदिएको, हटाइएको निर्णय कानुनी रूपले किनारा नलागेको भन्दै सेवा–सुविधाका लागि रिट हालेका थिए।

सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि मंगलबार बोलाएको थियो। तर, बहस नसकिएकाले अन्तिम निर्णय नआउँदा मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज