काठमाडौँ । नेपाल बार एशोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न निर्वाचनमा मुलुकभर ८० प्रतिशत मत खसेको छ। देशभर ९ हजार ९९६ जना मतदातामध्ये ७ हजार ९९५ जनाले मतदान गरेका छन्।
शनिबार बिहान ८ बजेदेखि सुरू भएको मतदान प्रक्रिया दिउँसो ४ बजे सम्पन्न भएको थियो। निर्वाचन समितिका अनुसार मतदान सकिएपछि सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी काठमाडौँ ल्याइनेछ। उपत्यका बाहिरको मत गनिसकेपछि मात्रै काठमाडौँको मतगणना सुरू हुनेछ।
उपत्यकाभित्रका मतदान केन्द्रमध्ये काठमाडौँ बारमा १,३८१ मत खसेको छ। उच्च बार पाटनमा १,५५८, ललितपुर बारमा ५६०, सर्वोच्च बारमा ५५०, भक्तपुर बारमा ३८८ र केन्द्र परिवर्तन २०६ मत खसेको छ। यसरी उपत्यकाभित्र जम्मा ४,६४३ मत खसेका छन्।
उपत्यका बाहिरका ३० वटा मतदान केन्द्रमा जम्मा ३,३५२ मत खसेका छन्। यसअनुसार देशभर ७,९९५ मत खसेको हो, जुन कुल मतदाता संख्याको करिब ८० प्रतिशत हो।
बार अध्यक्ष पदमा दुई वरिष्ठ अधिवक्ताबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ—बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट प्राडा विजयप्रसाद मिश्र र अर्को समूहबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ।
अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ। महासचिव पदमा मिश्र समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला तथा श्रेष्ठ समूहबाट अधिवक्ता यज्ञमणि न्यौपाने प्रतिस्पर्धामा छन्।
निर्वाचनमा २५ पदका लागि जम्मा ७५ उम्मेदवार प्रतिस्पर्धामा छन्। देशभर काठमाडौँ उपत्यका सहित ३६ मतदान केन्द्र तोकिएका थिए।
मिश्र समूहबाट महासचिवका उम्मेदवार वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला हुन्, जो एमाले निकट कानुन व्यवसायी हुन्। उपाध्यक्षतर्फ कोशीबाट पदमप्रसाद लिम्बू, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल र विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिलातर्फ सरस्वती श्रेष्ठ उम्मेदवार छन्। कोषाध्यक्ष पदमा वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की उम्मेदवार छन्।
दलित सदस्यमा चिरञ्जीवी तिल्क्यानी, मधेशी मुस्लिम ९उपत्यका बाहिर० सदस्यमा सूर्यकुमार यादव, मधेशी मुस्लिम ९खुल्ला० सदस्यमा रिंकुकुमारी यादव, आदिवासी जनजाति ९उपत्यका बाहिर० सदस्यमा राजकुमार श्रेष्ठ, आदिवासी जनजाति ९खुला० सदस्यमा अधिवक्ता मंगलसुन्दर शिल्पकार, महिला ९उपत्यका बाहिर० सदस्यमा अधिवक्ता इन्दिरा आर्चाय, महिला ९खुला० सदस्यमा रञ्जिता कार्की छन्। खुल्ला ९उपत्यका बाहिर० सदस्यतर्फ किरण पौडेल, किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी र माधव मैनाली उम्मेदवार छन्।
श्रेष्ठ समूहबाट महासचिवका उम्मेदवार अधिवक्ता यज्ञमणि न्यौपाने हुन्, जो रास्वपानिकट कानुन व्यवसायी संगठनसँग आवद्ध छन्। उपाध्यक्षतर्फ कोशीबाट कर्णबहादुर राई, मधेशबाट प्रमोद प्रसाद, बागमतीबाट डेकेन्द्रप्रसाद सुवेदी, गण्डकीबाट सुकदेव गौतम, लुम्बिनीबाट तीर्थराज ज्ञवाली, कर्णालीबाट धर्मराज न्यौपाने, सुदूरपश्चिमबाट पदमराज शर्मा र महिलातर्फ दिना श्रेष्ठ उम्मेदवार छन्। कोषाध्यक्षमा दीपक राई छन्।
सदस्यतर्फ दलितबाट रामबहादुर मिजार, मधेशी मुस्लिमबाट सञ्जुकुमारी शाह, मधेश ९खुला० बाट देवशरण यादव, आदिवासी जनजातिबाट निश्चल राई, खुला ९आदिवासी० बाट देवकुमार मोक्तान, महिला ९उपत्यका बाहिर० बाट कला त्रिताल, महिला ९खुला० बाट सुलोचना बज्राचार्य उम्मेदवार छन्। खुला सदस्यतर्फ कृष्णप्रसाद आचार्य, हरिचन्द्र भट्टराई, रामलाल श्रेष्ठ, वीरेन्द्र खड्का, कान्तिराम ढुङ्गाना, जमुना भुसाल खनाल र सुनिलकुमार पटेल उम्मेदवार छन्।
निर्वाचनको नतिजा सार्वजनिक भएपछि नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयन हुनेछ, जसले आगामी तीन वर्षको कार्यकालका लागि कानुन व्यवसायीहरूको प्रतिनिधित्व गर्नेछ।