एशिया प्यासिफिक स्कूलका दुई विद्यार्थीको जिते विश्वस्तरीय पदक

काठमाडौं । टोखास्थित एशिया प्यासिफिक स्कूलका दुई विद्यार्थीले मलेसियामा आयोजित १६औँ विश्व योगासना खेलकुद च्याम्पियनसिपमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएका छन्। अप्रिल ५ र ६ मा लिमकोकविङ विश्वविद्यालय, साइबरजायामा सम्पन्न प्रतियोगितामा प्रयासजंग चौहानले ९–११ वर्ष समूहमा पहिलो स्थान हात पार्दै स्वर्ण पदक जितेका छन् भने बबिन श्रेष्ठले १२–१४ वर्ष समूहमा उत्कृष्ट प्रदर्शन गर्दै पाँचौँ स्थान हासिल गरेका छन्।

विद्यालयका शिक्षा निर्देशक राजन अधिकारीका अनुसार विद्यार्थीहरूको यस ऐतिहासिक सफलतामा योग प्रशिक्षक राजेश न्यौपानेको समर्पण, मार्गदर्शन र नियमित प्रशिक्षणको महत्वपूर्ण भूमिका रहेको छ।

“विद्यार्थीहरूलाई शारीरिक तथा मानसिक विकासमा सन्तुलित बनाउने हाम्रो प्रयासले आज अन्तर्राष्ट्रिय स्तरमा फस्टाएको छ। हाम्रो स्कूलका विद्यार्थीहरूले विश्वस्तरमा नेपालको नाम उज्यालो पार्दा हामी गर्व महसुस गरेका छौं,” अधिकारीले बताए।

विद्यालयले ‘गतिशील, संवेदनशील र विश्वस्तरका नागरिक उत्पादन गर्ने’ लक्ष्यसहित, परम्परागत मूल्यलाई संरक्षण गर्दै आधुनिक सिकाइको माध्यमबाट विद्यार्थीलाई वैश्विक चुनौतीका लागि तयार पार्ने लक्ष्य लिएको छ। विद्यालयको यो दर्शन अन्तर्राष्ट्रिय सफलताबाट अझ सशक्त भएको विद्यालयले जनाएको छ।

यस उपलब्धिले अन्य विद्यार्थीहरूलाई योग, अनुशासन र प्रतिस्पर्धात्मकतामा अझ प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज