काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको पछिल्लो मतगणना अनुसार अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरूमध्ये डा। विजयप्रसाद मिश्रले हालसम्म ४८५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी रमण कुमार श्रेष्ठले २९५ मत ल्याएका छन्। अन्य उम्मेदवारहरूमध्ये राजु कैतीले ४ मत, उज्ज्वल घिमिरेले २ मत र आशिष पौडेलले ४ मत प्राप्त गरेका छन्।
त्यसैगरी उपाध्यक्षमा कोसी प्रदेश तर्फ पदम प्रसाद लिम्बुले ५२९ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने कर्णबहादुर राईले २४६ मत प्राप्त गरेका छन्। उपाध्यक्ष मधेस प्रदेशमा अजयशंकर झाले ५२६ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने उनका प्रतिस्पर्धी प्रमोद प्रसादले २२७ मत प्राप्त गरेका छन् ।
बाग्मती प्रदेश अन्तर्गत उपाध्यक्ष पदमा तेजबहादुर राउतले ५१६ मत ल्याएका छन् भने डेकेन्द्रप्रसाद सुवेदीले २४५ मत प्राप्त गरेका छन्। त्यसैगरी गण्डकी प्रदेशको उपाध्यक्ष पदमा भुपेन्द खनालले ५३४ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने सुकदेव गौतमले २१९ मत प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेश उपाध्यक्षमा कृष्णप्रसाद पोख्रेल ५३७ मतसहित अग्रस्थानमा छन भने तिर्जराज ज्ञवालीले २२० मत प्राप्त गरेका छन् ।
कर्णाली प्रदेश उपाध्यक्षमा विवसकुमार बस्नेतले ५२६ मत प्राप्त गर्दै अग्रता लिएका छन् । अर्का उम्मेदवार धर्मराज न्यौपानेले २३५ मत प्राप्त गरेका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा सिद्धाराज ओझा ५३४ मत सहित अग्रस्थानमा रहेका छन् भने पदमराज शर्माले २२३ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष महिला खुलामा सरस्वती श्रेष्ठ ४८५ मत सहित अग्रस्थानमा छिन भने दिना श्रेष्ठले २५७ मत प्राप्त गरेकी छिन् ।
त्यसैगरी महासचिव पदमा केदारप्रसाद कोइराला ४९३ मत सहित अग्रस्थानमा छन् भने यज्ञमणि न्यौपानेले २४४ मत प्राप्त गरेका छन् । हरि शरण कार्कीले २० मत प्राप्त गरेका छन् ।