काठमाडौँ । नेपाल बार एसोसिएसनको निर्वाचनमा २३ मतदान केन्द्रको गणना सकिँदा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रको अग्रता कायम छ। प्रा.डा. मिश्रको प्यानलले २५ वटै पदमा अग्रता कायम राखेको छ।
प्राप्त मतपरिणाम अनुसार २३ स्थानको गणना सकिँदा प्रा.डा. मिश्रले १२९५ मत प्राप्त गरेका छन्, जबकि उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले ६८२ मत पाएका छन्।
झापा, इलाम, विराटनगर उच्च, मोरङ, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, सिरहा, सर्लाही, रौतहट, बारा, पर्सा, हेटौँडा, तनहुँ, स्याङ्जा, बाग्लुङ नवलपरासी, वुटवल, कपिलवस्तु, रुपन्देही र पाल्पाका मतदान केन्द्रहरूको मत गणना सम्पन्न भएको छ।