काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुने विश्वासिलो आधार नभएसम्म शिक्षक वार्तामा नबस्ने भएका छन् । उनीहरुलो आन्दोलनका कार्यक्रमालाई निरन्तरता दिने भएका छन् ।
शिक्षा मन्त्रालयले वार्ताका लागि आह्वान गरेको भएपनि क्षिक्षकहरुले पनि यस अघि भएको सहमति कार्यान्यन गर्ने र विद्यालय शिक्षा ऐन जारी भएको अवस्थामा आफ्ना माग पूरा हुने भन्दै आन्दोलनलाई नरोक्ने पक्षमा निरन्तर छन ।
सरकारबाट ऐन जारी हुने विश्वासिलो आधार नभएको जनाउँदै नेपाल शिक्षक महासंघले त्यसका लागि आधार तय गरिनुपर्ने जनाएको हो ।
महासंघले राखेको समिक्षा बैठकमा सरकारले आह्वान गरेको वार्ताका विषयमा समेत छलफल भएको महासंघ सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले जानकारी दिइन् ।
’सरकारसँग गत वर्ष वार्ता गरेर सम्झौता गरिएको थियो। तर, अहिलेसम्म ऐन जारी भएन। यसमा सरकारबाट ऐन जारी हुन्छ भन्ने ग्यारेन्टी हुदैन। त्यसैले वार्तामा बस्नको लागि ऐन जारी हुने विश्वासिलो आधार चाहियो नि ? पराजुलीले भनिन् ।
विद्यालय शिक्षा विधेयकमा संसदको शिक्षा समिति अन्तगर्त उपसमितिमा छलफल भईरहेको छ । उपसमितिले आजसम्म २७ दफामा सहमति जुटाएको छ। तर, महासंघले उपसमितिमा कोरम नपुगेर बैठक स्थगित हुने अवस्था आईरहेको जानकारी पाएको पराजुलीले बताइन् ।
’हामी सडकमा छौ । उपसमितिले फटाफट विधेयक पास गर्नुपर्नेमा कोरम नै पुग्दैन भन्ने आएको छ । विधेयक बनाउने माननीयहरू नै गम्भीर देखिएका छैनन् । अनि विश्वासिलो आधार कसरी हुन्छ,झ पराजुलीले भनिन् ।
आजको समीक्षा बैठकमा वार्ताको विषयमा छलफल भएको तर, भोलि बिहान बस्ने महासंघको अध्यक्ष मण्डलको बैठकपछि थप छलफल हुने सहअध्यक्ष पराजुलीले बताइन् ।