नेपाल बारका अध्यक्ष मिश्रको प्रतिबद्धता : “संविधान संशोधनमा भूमिका खेल्छौं”

काठमाडौं । नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्रले संविधान संशोधनको प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै मिश्रले संविधानको सुधार तथा परिमार्जन आवश्यक परेमा बार एसोसिएसनको सक्रिय भूमिका रहने बताए।

“स्वतन्त्र र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि हामी दृढ प्रतिबद्ध छौं,” उनले भने, “स्वच्छ न्यायपालिका राष्ट्रको समुन्नतिका लागि अपरिहार्य छ, त्यसको लागि हामी निरन्तर अग्रसर रहन्छौं।”

मिश्रले आफ्नो नेतृत्वमा बार एसोसिएसनले कानुनी क्षेत्रको सुधार, न्यायप्राप्तिमा सहजता, र नागरिकको हकअधिकारको संरक्षणमा विशेष ध्यान दिने आश्वासन पनि दिए।

सम्बन्धित समाचार

ताजा न्यूज