राज्यमन्त्री र ऊर्जासचिवबीच टसल: राज्यमन्त्रीले सोधे सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण, के हाेला कारवाही ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री र ऊर्जा सचिवबीच टसल देखिएको छ । राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई विहीबार २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

आफू मातहतको विभागले गरेको कार्यक्रममा पदीय आचरण विपरीतको कार्य गरेको भन्दै राज्यमन्त्री तामाङले सचिव आचार्यलाई स्पष्टीकरण सोधेका हुन् ।

जलस्रोत तथा सिंचाइ विभाग जावलाखेलले यही चैत २५ गते सिंचाइ दिवस एवं ७२ औं वार्षिककोत्सव कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित भएकाले राज्यमन्त्री तामाङ प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

कार्यक्रम सञ्चालकले आसनग्रहणको क्रममा बोलाउँदा सचिव आचार्य मञ्चमा सहभागी नभई बाहिरिएका थिए ।

विभागका महानिर्देशक सन्जिब बरालले पनि आसनग्रहणका लागि आग्रह गर्दा पनि सचिव आचार्यले मानेनन् ।

त्यसपछि राज्यमन्त्री तामाङले सचिवले आफ्नो अपहेलना गरेको र पदीय आचरण विपरीतको काम गरेको ठहरसहित स्पष्टीकरण सोधेका हुन् ।

राज्यमन्त्री तामाङले स्पष्टीकरण पत्रमा सोधेका छन्, तपाईंले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिस्कार गर्नु भएको हो ?

सम्बन्धित समाचार

ताजा न्यूज