दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । तीनकुनेमा भएको झडपमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले १२ दिनको हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद प्रदान गरेको हो। उनलाई भारतबाट पक्राउ गरी आजै काठमाडौं ल्याइएको थियो।

प्रसाईंका निजी सुरक्षाकर्मी दीपक खड्कालाई समेत १२ दिन हिरासतमा राख्ने अनुमति अदालतले दिएको छ।

प्रहरीले उनीहरूलाई हालैका राजनीतिक आन्दोलनमा भएको विवादित प्रदर्शन र त्यससँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोपमा अनुसन्धान अगाडि बढाएको जनाएको छ।

यसअघि सोही प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिनको म्याद थप गरी हिरासतमा राखिएको थियो।

प्रहरी स्रोतका अनुसार प्रसाईं र खड्काको म्याद पनि अन्य पक्राउ परेकासँग मिलाउन आवश्यक रहेको भन्दै १२ दिनको म्याद माग गरिएको थियो, जसलाई अदालतले स्वीकृत गरेको हो।

प्रहरीले घटनाका थप पक्षहरूको अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज