कानून बनाएर पूरा नगरेसम्म आन्दोलन नछोड्ने शिक्षक महासंघको घोषणा, कक्षा १२ को परीक्षा रोकेर सरकारलाई दबाब

काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षामा सहभागी नहुने जानकारी दिएको हो ।

कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । जारी आन्दोलनमा साथ दिन महासंघले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई अनुरोध समेत गरेको छ ।

देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडौँको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन प्रधानाध्यापक, शिक्षक, कर्मचारी लाई महासंघले आग्रह समेत गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज