सरकारको निर्णय: वैशाख १२ मा बजेट अधिवेशन आह्वान गर्न सिफारिस

काठमाडौं । सरकारले आउँदो वैशाख १२ गते (शुक्रबार) बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। बैठक दिउँसो १ बजे बस्ने गरी संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन्।

यसैबीच, शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले विशेष अधिवेशन वा बजेट अधिवेशनमार्फत आफ्ना माग सम्बोधन गर्न सरकारलाई दबाब दिँदै आएका छन्।

सरकारको तर्फबाट बजेट अधिवेशन आह्वानको तयारीसँगै शिक्षा क्षेत्रसम्बन्धी कानुन निर्माण प्रक्रिया पनि अघि बढ्ने अपेक्षा गरिएको छ

सम्बन्धित समाचार

ताजा न्यूज