जनकपुर । लामो समयदेखि यौन शोषण र बाल यौन दुर्व्यवहारको आरोपमा कानुनी कारबाहीको सामना गर्दै आएका तथाकथित धर्मगुरु राम बहादुर बम्जनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको छ।
बारा र सर्लाही जिल्लामा सञ्चालित उनका आश्रमहरूमा बस्ने केही महिलाहरूले बम्जनविरुद्ध जबरजस्ती करणी, बाल यौन शोषण तथा डरधम्कीका घटनाहरू भएको आरोप लगाउँदै जाहेरी दिएका थिए। प्रारम्भिक रूपमा जिल्ला अदालतले मुद्दा अगाडि बढाए पनि पर्याप्त प्रमाण अभाव, साक्षीहरूको अभाव, र विरोधाभासपूर्ण बयानका कारण अदालतले अभियुक्तलाई दोषी ठहर गर्न नसक्ने ठहर गर्दै सफाइ दिएको हो।
न्यायाधीश नरसिंह भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले बम्जनसँगै उनका सहयोगीहरू जस्तै ज्ञान कुमार बम्जन र जित बहादुर तामाङसमेतलाई मुद्दाबाट सफाइ दिएको छ।
बम्जन आफैंले अदालतमा बयान दिँदै आफू निर्दोष रहेको, झूटो आरोप लगाइएकाले धर्मको बदनाम गरिने प्रयत्न भएको दाबी गरेका थिए।