काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेता सिंहदबारभित्रैबाट पक्राउ परेका छन् । आइतबार राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
सिंहदरबारभित्रै पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राप्रपाका अर्का सांसद दीपक सिंह मने सिंहदरबारबाट फुत्किएर प्रदर्शनस्थलमा पुगेका छन् ।
राप्रपाले तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने र पक्राउ परेका आफ्ना नेताहरूलाई छाड्नुपर्नेलगायत माग राख्दै आज बानेश्वरको निषेधित क्षेत्र तोड्ने तयारी गरेको थियो ।