रविलामिछानेले दिए सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई संविधान र कानुन विपरीत थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार लामिछानेको तर्फबाट पेश गरिएको निवेदन केहीबेर अघि अदालतमा दर्ता भएको हो। लामिछानेले आफूलाई बिना वैधानिक आधार र प्रक्रियाको अवलोकन नगरी थुनामा राखिएको उल्लेख गरेका छन्।

बन्दी प्रत्यक्षीकरण (हाबियस कोर्पस) सम्बन्धी निवेदन त्यो अवस्थामा दर्ता गर्न सकिन्छ, जब कुनै व्यक्तिलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गरिन्छ। यस प्रकारको निवेदनमा अदालतले थुनाको वैधता परीक्षण गरी आवश्यक निर्णय दिन सक्ने प्रावधान छ।

यसअघि उच्च अदालतबाट थुनामा पठाउने आदेश जारी भएपछि त्यसको विरोधमा लामिछानेले अर्को निवेदन सर्वोच्चमा दर्ता गरेका थिए। सो निवेदनमा अदालतले कैफियत प्रतिवेदन मागिसकेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज