संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा आवेदन दिएका १११ जनाको नाम सार्वजनिक

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा अध्यक्ष र सदस्य बन्न १११ जनाले आवेदन दिएका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि गठन गरिएको सिफारिस समितिले उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो।

समितिको वैशाख ७ गते बसेको बैठकले आयोगका अध्यक्ष तथा सदस्य पदका लागि प्राप्त निवेदनहरूको सूची सार्वजनिक गर्ने निर्णय गरेको हो। यसअघि समितिले चैत २८ गते सूचना प्रकाशित गर्दै व्यक्तिगत तथा संस्थागत तर्फबाट आवेदन आह्वान गरेको थियो।

व्यक्तिगत तर्फबाट ८२ जनाले आवेदन दिएका छन्। अध्यक्ष पदमा उम्मेदवारी दिनेहरूमा विजयसिंह सिजापति, डिल्लीराज आचार्य, विश्वराज कोइराला, उमेश प्रसाद र रेश्मा थापा रहेका छन्।

त्यस्तै, संस्थागत सिफारिसमार्फत २९ जनाले आवेदन दिएका छन्। यसमा अध्यक्ष पदका लागि मन्दिरा शर्मा, राधेश्याम अधिकारी, गिरिश चन्द्र लाल, कुलचन्द्र गौतम, कृष्ण खनाल, केदारभक्त माथेमा, हरिहर वस्ती, शम्भुराम सिम्खडा, शंकरकृष्ण श्रेष्ठ, विपिन अधिकारी, सानुराज पोखरेल, डिल्लीराम मैनाली, गोपालकृष्ण घिमिरे, विष्णुमाया भुसाल, मिलन श्रेष्ठ, शान्तिदेवी श्रेष्ठ, खिमलाल देवकोटा र सुशीला चौधरीको नाम समावेश छ।

अब सिफारिस समितिले प्राप्त आवेदनहरूमध्ये उपयुक्त उम्मेदवारको नाम छनोट गरी नियुक्तिको सिफारिस गर्ने प्रक्रिया अघि बढाउनेछ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

ताजा न्यूज