काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले ३४ जनाको सर्ट लिस्ट सार्वजनिक गरेको छ।
आइतबार बसेको समितिको बैठकले वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्य पदका लागि सर्ट लिस्ट छनोट गरी सार्वजनिक गरेको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक सूचीअनुसार अध्यक्ष पदका लागि अग्नीप्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, महेश थापा, लिलादेवी गड्तौला, विजयसिंह सिंजापति, विश्वराज कोइराला र शेरबहादुर केसी परेका छन्।
त्यस्तै, सदस्य पदका लागि कविता पाण्डे, कुमारी कौशल्या ओझा, कुलप्रसाद शर्मा, कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद सुवेदी, गोपालनाथ योगी, गोपालप्रसाद लम्साल, टीकाप्रसाद ढकाल, नरेन्द्रकुमार केसी, नलवकिशोर यादव, नागेन्द्रलाल कर्ण, पदमबादुर शाही, ब्रह्मदेव राय यादव, डा. मानवहादुर विश्वकर्मा र राजुप्रसाद चापागाईं सर्ट लिस्टमा परेका छन्।
यस्तै, रामकुमार आचार्य, रामकान्त तिवारी, रेश्मा थापा, विनिता नेपाली, विनोदमोहन आचार्य, विरेन्द्रप्रसाद थपलिया, शोभाकर बुढाथोकी, श्रृजना पोखरेल, सन्तोषबाबु सिग्देल, सुवोधराज प्याकुरेल र प्राडा हेमराज सुवेदी पनि सदस्य पदका आकांक्षीका रुपमा सर्ट लिस्टमा छन्।
सिफारिस समितिका प्रवक्ता डा. लिली थापाले प्राप्त आवेदनमध्येबाट योग्य उम्मेदवारहरूको प्रारम्भिक छनोट गरी सर्ट लिस्ट तयार पारिएको जानकारी दिइन्। अब यीमध्येबाट १० जना पदाधिकारी चयन भई संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा नियुक्त हुनेछन्।