सर्वोच्चको आदेश : गगन थापालाई विचाराधीन मुद्दामा अभिव्यक्ति नदिन निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी अभिव्यक्ति नदिन आदेश दिएको छ।

अधिवक्ता अनन्तराज लुईंटेलसहितले थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेपछि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।

अदालतले आदेशमा भनिएको छ, “विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको संवेदनशीलता विचार गरी प्रतिकूल असर पर्ने अभिव्यक्ति नगर्नू र नगराउनू।”

सर्वोच्चले वैयक्तिक स्वतन्त्रता निरपेक्ष नहुने उल्लेख गर्दै संघीय संसद्मा समेत विचाराधीन मुद्दामा छलफल नगरिने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेको छ। संसदबाहिर दिइने अभिव्यक्तिमा समेत अझ संवेदनशील हुनुपर्ने आदेशमा उल्लेख छ।

थापाले केही दिनअघि ‘५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा सर्वोच्चमा डिल भइरहेकाे’ भन्दै दिएको अभिव्यक्तिलाई लिएर अदालतको ध्यानाकर्षण भएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज