काठमाडौं । नेपाल कानून व्यवसायीक परिषदले कानून व्यवसायीको पेसागत आचरणसम्बन्धी नियमावली २०७९ जारी गरेको छ । यो नियमावली अनुसार कानून व्यवसायीले गर्न हुन र नहुने तथा कानून व्यवायीलाई मर्यादाभित्र राख्न पालना गर्नुपर्ने विभिन्न व्यवस्था उल्लेख गरेको छ ।
कानून व्यवसायीले व्यवसायिक मर्यादाभित्र रहेर गर्न हुने र नहुने काम यस नियामावली छ । कानून व्यवसायीको पेसागत आचरणसम्बन्धी नियमावली २०७९ ले गरेको व्यवस्था अनुसार कानून व्यवसायीले विभिन्न २४ प्रकारका दायित्व हुन्छन ।
कानून व्यवसायीको दायित्व
प्रचलित कानूनमा लेखिएबमोजिमका कर्तव्य र जिम्मेवारीका अतिरिक्त कानून व्यवसायीले देहायका कर्तव्य र दायित्वको पालना वा निर्वाह गर्नुपर्ने छः
(क) व्यावसायिक प्रचारका उद्देश्यबाट कुनै पनि किसिमको नारा, परिपत्र, समाचार प्रकाशन गर्ने, विज्ञापन वा पत्राचार गर्ने जस्ता काम गर्न हुँदैन।
तर, यस खण्डको व्यवस्थाले आफू र आफ्नो फर्ममा कार्यरत सहकर्मीको नाम, ठेगाना, अनुभव, प्रदान गरिने सेवाहरू र विशेषज्ञताको क्षेत्रसम्म उल्लेख गरी सूचनाको स्रोतको रूपमा सूचना प्रविधिको माध्यमबाट वेभपेज सञ्चालन गर्न बाधा पुऱ्याएको मानिने छैन।
ख) व्यावसायिक प्रचारका उद्देश्यबाट नाम पेटिका वा परिचयपत्र (भिजिटिङ कार्ड) वा फायल वा पत्राचार ठेली (लेटर प्याड) मा पूर्व हैसियत वा कानून व्यवसायसँग असम्बन्धित पद वा हैसियत लेख वा छाप्न हुँदैन।
तर, यस खण्डको व्यवस्थाले आफ्नो विषय विज्ञताको कार्यक्षेत्र उल्लेख गरी छाप्न बाधा पुन्याएको मानिने छैन।
(ग) विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका सामाजिक सञ्जाल वा जुनसुकै माध्यमबाट न्यायपालिका, न्यायाधीश, कर्मचारी तथा आफ्ना कानून व्यवसायी सहकर्मीप्रति आघात पुन्याउने, आक्षेप लगाउने वा बेइज्जती गर्ने उद्देश्यले कुनै विचार वा धारणा व्यक्त गर्न वा नकारात्मक टिप्पणी गर्न वा कसैले गरेका त्यस्ता टिप्पणीप्रति आफ्नो सहमति रहेको भनी प्रति-टिप्पणी वा भाव व्यक्त गर्न हुँदैन।
(घ) आफूले अदालतमा बहस गरेको, कानूनी परामर्श प्रदान गरेको वा आफू संलग्न भएको आदेश वा फैसलाको प्रचारको उद्देश्यले सामाजिक सञ्जाल वा कुनै माध्यमबाट सार्वजनिक प्रकाशनमा ल्याउन हुँदैन।
तर यस खण्डको व्यवस्थाले सार्वजनिक सरोकारको महत्त्वपूर्ण विषयमा रचनात्मक टिप्पणी गर्न वा बौद्धिक बहस गर्न वाधा पुन्याएको मानिने छैन।
(ङ) अदालतमा विचाराधीन मुद्दाका पक्षको गोपनीयतामा प्रतिकूल प्रभाव पार्ने गरी आफ्नो राय वा विचार सार्वजनिक रूपमा व्यक्त गर्न वा लेख रचना प्रकाशित गर्न, विज्ञापन गर्न वा अन्तर्वार्ता दिन हुँदैन।
(च) कुनै मुद्दा अर्को कानून व्यवसायीलाई पठाएवापत कुनै किसिमको उपहार, अतिपूर्ति वा कमिसन लिनु वा दिनु हुँदैन।
(छ) पेसीमा चढेको मुद्दा अनावश्यक रूपमा पेसीबाट हटाउन माग गर्न वा पक्ष, विपक्ष वा विपक्षीको कानून व्यवसायीलाई दुःख हैरानी दिन हँदैन। मनासिव कारण परी मुद्दा हटाउनु परेमा सम्भव भएसम्म विपक्षीतर्फका कानून व्यवसायीलाई पूर्व आनकारी दिनुपर्ने छ। मुद्दालाई अनावश्यक रूपमा लम्बाउने गरी बहस गर्न तथा न्यायिक काम कारवाहीमा बाधा पुन्याउन हुँदैन ।
ज) मुद्दाको सन्दर्भमा बहस गर्ने क्रममा वा पक्षको प्रतिनिधित्व गरी अन्य कुनै ठाउँमा कानूनी सेवा प्रदान गर्ने क्रममा प्रतिपक्षी कानून व्यवसायीप्रति सम्मानजनक व्यवहार गर्ने तथा रिस, राग, द्वेष नराखी सौहार्दपूर्ण व्यवहार गर्ने गर्नुपर्ने छ। एक-अर्काप्रति अनुचित लाञ्छना लगाउन हुँदैन।
(झ) कानून व्यवसायीले कुनै प्रकारको विचौलियाको रूपमा काम गर्नु हुँदैन।
(ञ) व्यावसायिक कर्तव्यपालनको सिलसिलामा कसैले राय परामर्शका लागि बोलाएको वा आफूले कसैलाई राय सल्लाह, परामर्श दिएको विषयमा प्रचारप्रसार गर्नु गराउनु हुँदैन।
(ट) कुनै मुद्दामा एक पक्षको कानून व्यवसायी नियुक्ति भएपछि सो मुद्दाका अर्को पक्षलाई राय, सल्लाह दिन वा अर्को पक्षको प्रतिनिधित्व गर्नु हुँदैन।
तर, पक्षहरुविचको आपसी सहमतिमा मुद्दा मिलापत्र गराउने सन्दर्भमा यो व्यवस्था लागु हुने छैन ।
(ठ) नेपाल बार एसोसिएसनको विधानको उद्देश्य प्रातिको कार्यलाई कमजोर बनाउने कुनै कार्य गर्नु गराउनु हुँदैन।
(ङ) आफूले नगरेको कार्यलाई गरेको वा आफ्नो हुँदै नभएको हैसियतलाई भएको भनी सो कुराबाट लाभ लिनेगरी कुनै कार्य गर्नु गराउनु हुँदैन।
(द) मुद्दा प्राप्त गर्नको लागि विचौलिया नियुक्त गर्न वा मुद्दा उपलब्ध गराइदिएवापत कसैलाई कुनै किसिमको कमिसन दिन हुँदैन ।
(ण) परिषद्ले मागेको विवरण पेस गर्दा झुटो वा बनावटी विवरण पेस गर्न हुँदैन।
त) इजलाससमक्ष कानून व्यवसायी बस्ने ठाउँमा वरिष्ठ अधिवक्तालाई प्राथमिकता दिनुपर्ने छ। सरकारी वकिलका लागि बस्ने स्थान छोडिदिनुपर्ने छ। आफ्नो पालो नआउँदासम्म इजलासमा अनावश्यक भिड गर्ने गरी कानून व्यवसायी बस्ने ठाउँमा बस्नु हुँदैन ।
(थ) कानून व्यवसायीले सुनुवाइ भइरहेको मुद्दामा प्रभाव पर्ने गरी सो मुद्दामा बहस गर्नुभन्दा अघि वा पछि कुनै विज्ञप्ति निकाल्ने, अन्तर्वार्ता दिने वा अन्य कुनै प्रकाशन वा प्रशारणको माध्यममार्फत अभिव्यक्ति दिनु हुँदैन।
(द) पक्षलाई अदालतबाट दिइने सूचना वा म्याद कानून व्यवसायीले पक्षको तर्फबाट बुझ्न सक्ने भएकाले त्यसको जानकारी पक्षलाई समयमा नै (तत्काल) दिनुपर्ने छ।
(घ) साक्षी परीक्षण गर्दा साक्षीको व्यक्तित्व, चरित्र जस्ता विषयमा प्रश्न गर्न पाइने छैन। सामान्यतयाः सेवाग्राहीको प्रतिरक्षा अदालत वा न्यायिक वा अर्ध न्यायिक निकायमा गर्नुपर्ने छ। अदालतले आदेश वा निर्देश गरेको अवस्थामा कानून व्यवसायीले पक्षको तर्फबाट अदालत वा न्यायिक निकायमा जमानत बस्ने वा जिम्मा लिने कार्यको दायित्व लिन सक्ने छ।
(न) इजलास समक्ष बुँदागत रूपमा संक्षिप्त रूपमा बहस गर्नुपर्ने छ। बहस गर्दा निर्धारित समयमा टुङ्ग्याउने गर्नुपर्ने छ।
(प) अदालतले मौन क्षेत्र घोषणा गरेको स्थानमा मौनता कायम गर्नुपर्ने छ।
(फ) कुनै कानून व्यवसायीले पक्षलाई परामर्श दिँदा कानून खल्ने, झुष्ठा बोल्न उघत गर्ने ढङ्गले परामर्श वा राय दिन हुँदैन । कानून व्यवसायीले अभियुक्तलाई व्यक्तिगत संरक्षण दिने, लुकाएर राखे जस्ता कार्यहरू गर्नु हुँदैन।
(ब) कानून व्यवसायीले मुद्दाको प्रकृति, मिसिलको आकार (भोलुम), अध्ययन गर्न लाग्ने समय, अदालतमा प्रतिनिधित्व गर्नुपर्ने सम्भावित पटक एवं मुद्दामा पाएको जिम्मेवारी, आवश्यक पर्ने अनुसन्धान, अध्ययनमा लाग्ने जनशक्ति आदि विषयसमेतको आधारमा कानून व्यवसायी र पक्षबिचको आपसी सहमतिमा सेवा शुल्क लिन सक्ने छन्। शुल्क लिँदा रसिद दिनुपर्ने छ । शुल्क लिने सम्बन्धमा परिषद्ले अन्य आवश्यक मापदण्ड निर्धारण गरी व्यवस्थित गर्न सक्ने छ।
(भ) कानून व्यवसायीले आफ्नो कार्यालय वा अदालतलगायतका कार्यक्षेत्रमा कसैलाई यौनजन्य दुर्व्यवहार गर्नु वा गर्न दिनु हुँदैन।