तामाकोशीका सञ्जीव सार्कीको ह*त्याको थप अनुसन्धानको माग गर्दै पी*डित परिवारले दिए न्यायपरिषद्मा उ*जुरी

काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिका ३ का सञ्जीव सार्कीको ह*त्याको विषयमा थप अनुसन्धानको माग गर्दै पीडित परिवारले बुधबार न्यायपरिषद्मा निवेदन दिएका छन् । २०८० मंसिर १६ गते तामाकोसी गाउँपालिकाको वडा नं ३ स्थित जम्बोटे जङ्गलमा भरुवा बन्दु*कको गो*ली लागेर सार्कीको मृ*त्यु भएको परिवारको दावी छ ।

पी*डितका परिवारले उक्त घटनामा स्थानीय माधव पोखरेल, सञ्जीव पोखरेल, अविदित कार्की, रचेश मङ्ग्राती र २ जना नाबालक संलग्न रहेको कि*टानी जा*हेरी दिएका थिए । प्रहरीले उनीहरूलाई प*क्राउ गरि बयान लिएर सार्कीको ह*त्या अभियोगमा दोलखा जिल्ला अदालतमा मु*द्दा चलाएको थियो । जिल्ला अदालतले प्रतिवादीहरूलाई थु*नामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । तर उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधान तथा न्यायाधीश कृष्णराम कोइरालाले इजलासले आ*रोपितहरूलाई ५ लाख र ३ लाख धरौटीमा छाड्ने आदेश दिएको भन्दै मृ*तकका परिवारले घटनाको पुन छानबिन गर्न न्यायपरिषद्लाई गुहारेका हुन ।

परिवारले सञ्जीवलाई गो*ली लागेपछि प्रति*वादीहरूले नै उनीहरूकै गाडीमा राखी अस्पताल पुर्याएको तर उनीहरूले रुखबाट लडेर घाइते भएको भन्दै घटनालाई ढाकछोप गरेको निवेदनमा उल्लेख गरेका छन् । परिवारका सदस्यहरूलाई सञ्जीवलाई थप उपचारका लागि अन्यत्र अस्पतालमा समेत लैजान नदिएको र उनको मृ*त्यु भएको बताइएको छ ।

पी*डितहरूले ह*त्याका आरोपित सबैले सञ्जीवले नै भरुवा बन्दु*क बोकेर गएको बयान दिएको उल्लेख गर्दै आ*रोपितको बयानलाई हेर्दा घटना शंकास्पद देखिएको उल्लेख गरेका छन् । मृ*तकका परिवारले दिएको निवेदनमा लेखिएको छ, कालिज मार्न नपाएपछि घर फर्कने तयारीमा रहेकोमा पछि जङ्गल तर्फ जनावर यताउता गरेको शंका लागेपछि मृ*तकले टर्च लिएर जान्छ । सँगसँगै नाबालक ४५ पनि जान्छ । दुम्सी देखिन्छ । बन्दुक पड्काउँदा पड्किँदैन । पछि ब*न्दुकको पछाडिको भाग कुन्दाले दुम्सीलाई हान्दा दुम्सी खोल्सा तिर तल जान्छ (अविदित कार्कीको भनाइ अनुसार) र नाबालक ४५ को भनाइ अनुसार दुम्सी उकालो लाग्छ । कुन्दाले हान्दा ब*न्दुक पड्किन्छ । सञ्जीव सार्कीले गुहार गुहार पनि नभनी भुईँमा ढलेपछि अविदित कार्की घटनास्थल नजिक पुग्छ । त्यतिकैमा नाबालक ४५ ले अरुलाई पनि बोलायो भनी आ*रोपितहरूले बयान दिएको उल्लेख गरिएको छ ।

त्यसैगरी निवेदनमा आ*रोपितहरूले भरुवा ब*न्दुक आफै प*ड्किएको बयान दिएको उल्लेख गर्दै पीडित परिवारले भनेका छन् भ*रुवा ब*न्दुक केप तानेपछि मात्र प*ड्किने जिकिर गरेका छन् । आ*रोपितहरूका बयान बाझिएको भन्दै निवेदनमा भनिएको छ, कुन्दाले माटोमा हान्दा ब*न्दुक भाँचिदैन । भाँचियो भनेपनि आफै पड्किँदैन । पड्कियो भन्ने अनुमान गर्ने हो भनेपनि ब*न्दुकको छर्रा सबै एकै ठाउँमा गएर लाग्दैन, निवेदनमा अगाडि भनिएकोछ, द्व*न्द्वकालका छर्रा लागेका मानिसहरू अहिलेसम्म जीवित छन् । भरुवा ब*न्दुकका छर्राले लागेर म*रेको कुरा पत्याउन कठिन छ । गो*ली मेरुदण्डमा पनि लागेको छ । आफै पड्केको हो भने पछाडि मेरुदण्डमा कसरी घाउ भयो ? छातीको बायाँपट्टि लागेको गो*ली लागेर पछाडिबाट निस्केको भन्ने हो भने पनि छातिबाट टाउका तर्फ जानु पर्ने । तल कसरी गयो ?

पी*डित परिवारले घटनाका सम्बन्धमा प्रहरीले गरेको मुचुल्का प्रति पनि शंका व्यक्त गरेका छन् । उक्त घटनाको सम्बन्धमा प्रहरीले दुईपटक मुचुल्का उठाएको थियो । दुईपटक किन मुचुल्का उठाइयो ? शुरुको मुचुल्कामा के कमी थियो ? वा दोश्रो पटक मुचुल्का उठाउनुको कारण किन खुलाइएन ? भन्दै मृ*तक सञ्जीवका परिवारले संशय त्यक्त गरेका छन् । पी*डित परिवारले दोश्रो मुचुल्कामा बा*रुद नभएको सलाईका काँटी पनि भेटिएको उल्लेख गर्दै यसको बारेमा आ*रोपितको बयानमा सलाईका कुरा नसमेटिएको उल्लेख गरेका छन् । आरोपितले बयानमा टर्चको कुरा गरेका छन् तर टर्च मुचुल्कामा कतै उल्लेख गरिएको छैन ।

मृ*तककी श्रीमती सपना सार्की र आमा विनिता सार्कीले आफूहरूलाई सञ्जीवलाई छुन समेत नदिएको भन्दै ला*स जाँच मुचुल्का (पो*ष्टमार्टम रिर्पोट) मा Gunshot injury to the chest लेखिएको उल्लेख गरेका छन् । पो*ष्टमार्टम रिपोर्टले नै गनसुट भनेपछि आफै पड्केर म*रेको भन्दैन । गनसु*ट गरेर मा*रेकै हो भन्ने स्पष्ट भइरहेको छ । ला*सजाँच मुचुल्का मा छातीको बाया तर्फ २.५ गुणा २.५ सिएम गोलो गहिरो चोट र सो चोटको वरिपरि गो*लीको छर्रा लागेको जस्तो ८ वटा प्वालहरु रहेको, मलद्धार देशी १२ इन्च माथि मेरुदण्डको भागमा १.५ गुणा १ सिएमको गोलो गहिरो चोट रहेको उल्लेख छ। छातीको बायाँ तर्फ गहिरो चोट र चोटको वरिपरि गो*लीको छर्रा लागेको जस्तो ८ वटा प्वालहरू रहेको पाइएको निवेदनमा उल्लेख गरेका छन् । मृ*तक सार्कीका परिवारले घटनाको शंका गर्ने १४ वटा आधारहरू रहेको भन्दै निवेदनमा ती आधारलाई उल्लेख गरेका छन्:

१. नेपाल प्रहरीको व्यवहारले गर्दा पीडितमा नैराश्यता आएको देखिन्छ । पीडितहरू आफै बेहोस भएको अवस्थामा जाहेरी लेखाएर सही गराइएको अवस्था छ । मानव अधिकार आयोग दोलखाका अमुक पोखरेलले पनि ठूलो मान्छेको पावर ल्याएर आउनु भनेर धम्काएको कुरा पीडितले भनेका छन् ।

२. नेपाल प्रहरीले बयान लिने क्रममा पटकपटक थर्काएको गाली गरेको र हप्काएको कुरा बोल्नु हुन्छ । होला प्रहरी भनेको सही नै हो भनेर सही गरियो तर गलत कुरा लेखाएछन् । एकतिर मान्छे मरेको छ । अर्को तिर यातना उल्टो छ ।

३. सरकारी वकिल कार्यालयमा पनि वातावरण सहज हुन सकेन । स्वतन्त्र रुपमा बोल्न नपाएको कुरा खुलाएका थिए ।

४. अनुसन्धान फितलो भयो । घटना विवरणलाई काट्ने गरि बकपत्रमा कुरा खुलाइएको छैन ।

५. अदालतको बयानमा सबैको एकै मिलानको बयान छ । कुनै फरक छैन् । पुलिसको बयानमा पनि केरमेट गरेपछि लेखिएको कुरा पीडितले भन्नु भएको छ ।

६. अविदित कार्कीको स.ज. १९ र अविदित कार्कीको साक्षी अनुस कार्कीको स.ज.६ आपसमा बाझिन्छ ।

७. ब*न्दुक आफै प*ड्केकाे हो भने त्यो कसरी के गरि प*ड्केको भन्ने देखिदैन । मृ*तकले ऐय्या आत्था भनेको कुरा कसैले पनि खुलाएका छैनन् ।

८. बचाउन गएको वा यी ६ जनाले कसले कुन भूमिका निर्वाह गरेर कसरी कुन अवस्थामा लिएर भन्न सकेका छैनन् । ठिक अनुसन्धान हुन्थ्यो भने त्यो पनि खुल्थ्यो ।

९. बुझिएका प्रचण्ड दीपको घरमा गएर लुगा परिवर्तन गरेर आएका छन् । माधव पोखरेल र अविदित कार्की । भन्दा जाकेट टोपी भनी उल्लेख छ ।

१०. मौकामा कागज गर्ने सन्तोष पोखरेलको स।ज। ६ मा कालिज मार्न भनी जङ्गलमा गएका रहेछन् । मेरो दाइ सञ्जीव पोखरेल गाडीमा तल रोडमा नै बस्नु भयो । निज नाबालक ४५ ले सञ्जीवलाई फोन गरेर मृ*तकलाई गो*ली लागी घाइते छ भनेकोले सो पश्चात् घा*इतेको उपचारको लागि हस्पिटल लगेको हो भनेको अवस्था छ । तर नाबालक ४५ समेतले गरेको बयानमा चिच्याएर कराएर बोलाएको भन्ने मात्र छ । यस कारण पनि यो घटना आफै भएको होइन । मा*रेको हो ।

११. अविदित कार्कीले स ज २४ मा मैले दुम्सी समात्न लाग्दा दुम्सी खोल्सा तर्फ भाग्यो सोही बखत नाबालक ४५ ले सञ्जीव सार्कीलाई गो*ली लाग्यो भनेर चिच्याएपछि मैले सबैलाई बोलाउँदै सञ्जीव सार्की भएको स्थानमा पुगेर उपचारको लागि लगेको भनी बयान गरेको पाइन्छ ।

१२. रचेश मग्रांतीको स ज ९ मा त्यसको केही क्षणमा नै ब*न्दुक पड्केको आवाज आयो । त्यसपछि अविदित कार्की पनि मृ*तक भएकोतिर गए भनेर लेखाएकोमा अविदित कार्कीले गरेको बयानमा नाबालक ४५ को पछिपछि कुदेको भन्ने कुरा पनि आफैमा बाझिएको देखिन्छ ।

१३. सञ्जीव सार्कीले सडकको भित्ता तर्फ भुईँमा लडी रहेको देखी तत्काल सो स्थानबाट हात हातै भन्ने उल्लेख छ तर अविदित कार्कीको बयानमा काखमा राखेको भन्ने छ । एकआपसमा बयान बाझिएको देखिन्छ । अविदित कार्कीले लगाएको लुगा कता राखे देखिदैन । रगतले लतपतिएको हुनु पर्ने । यस विषयमा प्रचण्ड दिपलाइ भन्दा अरु कसलाई थाहा होला ।

१४. नाबालक ४५ को स ज ९ मा ब*न्दुक ताकि फायर गर्न लाग्दा ब*न्दुक प*ड्किएन । त्यसपछि दुम्सी पाखो तर्फ भाग्दै गरेको भन्ने बयान छ । यो पनि बाझियो ।

यो नाबालकले ब*न्दुक नपड्केको देखेपछि कुन्दाले हानेको पनि देख्यो होला । दुई हातले हान्यो कि एकहातले हान्यो त्यो कुरा खुलाएन् । छर्रा कसरी लाग्यो । खुलाएन । कसरी भूमिमा लड्यो त्यो पनि खुलाएन् । आफैले हानेको ब*न्दुक छातिमा लागेपछि पक्कैपनि पछाडि तर्फ ढल्नु पर्ने कसरी घोप्टो पर्यो रु दोलखा जिल्ला अदालतले थुनामा पठाए पनि उच्च अदालत पाटनले धरौटीमा छाडेको छ । हाल सरकारी वकिलले सर्वोच्च अदालतमा ७३ नम्बर निवेदन दायर गरेको अवस्था छ ।

मृ*तक सार्कीका परिवारले उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधान तथा न्यायाधीश कृष्णराम कोइरालाले पीडितलाई न्याय दिनुको सट्टा आ*रोपितलाई धरौटीमा रि*हा गर्ने आदेश दिएको भन्दै उनीहरूको कार्यशैली शंकास्पद रहेको हुँदा मुद्दाको मिसिल वा कैफियत प्रतिवेदन समेत झिकाई संलग्न न्यायाधीशद्वयलाई बर्खास्त गर्न समेत माग गरेका छन् ।

पीडित परिवारले मानवअधिकार अयोग लगायतका अन्य निकायमा समेत घटनाको पुनः निष्पक्ष छानविनका लागि निवेदन दिने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज