काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले १५ मंसिरमा निर्वाचन गर्ने, तोकियो निर्वाचन अधिकृत

काठमाडौं । कातीठमाडौं जिल्ला अदालत बार एशोसिएशनले १५ मंसिरमा निर्वाचन गर्ने भएको छ । चुनावका लागि अधिवक्ता गणेशप्रसाद अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ । तीन सदस्यीय निवार्चन अधिकृतमा अधिवक्ताद्यव उमादेवी प्रसाई र दीपकुमार साह निर्वाचन अधिकृत तोकिएका छन् ।

काठमाडौं जिल्ला बारले सूचना प्रकासित गरेर निर्वाचनको जानकारी गराएको हो । काठमाडौं बारले निकालेको सूचनामा भनिएको छ, ‘संस्थागत सुशासनको लागि नेपाल बार एशोसिएशनको विधान बमोजिम बार इकाईहरुको आवधिक निर्वाचन हुनु जरुरी छ । विधानमा तोकिएको कार्यकाल समाप्त भएपश्चात् पनि आवधिक निर्वाचन गरिएन भने संस्थामा सुशासन कायम हुन सक्दैन भन्ने विषयमा हामी पूर्ण कटिबद्ध छौं ।’

‘काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको वर्तमान कार्यसमितिको कार्यकाल समाप्त भइसकेको हुँदा विधान बमोजिम काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको मिति २०८१ असोज १६ गते बसेको कार्यसमितिको बहुमतको निर्णय बमोजिम कार्यसमिति तथा केन्द्रीय कार्यकारिणी परिषद् (पार्षद्को) निर्वाचन २०८१ देखि ८३ सम्मको कार्यकालको लागि २०८१ साल मंसिर १५ गते शनिबार गर्ने र सो निर्वाचन सम्पन्न गर्नको लागि नेपाल बार एसोसिएसनको विधान २०४८ को धारा ४५ बमोजिम देहाय बमोजिमको निर्वाचन समिति गठन गरिएको व्यहोरा काठमाडौं जिल्ला अदालत बार एशोसिएशन आबद्ध सम्पूर्ण कानून व्यवसायी सदस्यज्यूहरुलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज