पोखरा । पोखरामा बैंकको एटीएम फोड्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका घर भई हाल पोखरा १७ विरौटा बस्ने २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेल छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार पौडेलले पोखरा महानगर ८ मा रहेको एनएमबि बैंकको एटीएम फोड्ने प्रयास गरेका थिए ।
‘बैंकको एटीएम मेसिनबाट पैसा चोरी गर्ने उद्देश्यले हातले मुक्का हानी एटीएम तोडफोड गर्दै गरेको पक्राउ गरिएको हो,’ उनले भने ।