काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन् । उनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको आरोप लगाए ।
शनिबारबाट काठमाडौंको टुँडिखेलमा सुरु भएको युवा महोत्सवमा बोल्दै उनले ५ हजार भन्दा बढी अनुभवले खारिएको नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रको हब हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । अध्यक्ष ओलीले रेमिट्यान्सको भरमा मुलुक चल्ने कुरा खतरनाक हुने भएपनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेको बताए ।