चामल बोकेको ट्रकमा लुकाएको ६७ लाख रुपैयाँबराबरको कपडा बरामद

काठमाडौं । राजस्व अनुसन्धान विभागले सानेपाबाट ७६ लाख रुपैयाँबराबरको अवैध रूपमा भित्र्याएको कपडासहितको ट्रक आज नियन्त्रणमा लिएको छ । ट्रकमा चामल राखेको देखाएर राजस्व छलेको कपडाको चोरी पैठारी गरिएको थियो ।

विभागका महानिर्देशक नवराज ढुंगानका अनुसार ट्रकमा कुर्ता सलवार, सारी, धोतीलगायतका तयारी पोशाक रहेको छ । उनका अनुसार उक्त ट्रक गौरबाट काठमाडौंतर्फ आएको थियो । गौरदेखि नै  पछ्याएर राजस्वको टोलीले चालकसहित ट्रकलाई पनि सानेपाबाट नियन्त्रणमा लिएको हो ।

खुला सीमाको फाइदा उठाएर तराइका नाकाहरूबाट चोरी पैठारीका सामान भित्र्याउने गरिएको छ । राजस्व अनुसन्धानका कार्यालय, बोर्डर आउट पोस्टमा (बीओपी) मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको चौकी ठाउँठाउँमा राखेपनि खुला बोर्डरको फाइदा लिएर गरिने चोरी पैठारी भने रोकिएको छैन ।

विभागका अनुसार एउटै ट्रकमा ठूलो परिमाण र लाखौं मूल्यको सामान बरामद भएको सम्भवतः यो घटना हो । कपडाधनीको खोजी भइरहेको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज