गैंडा मुद्दाका अभियुक्त धमाधम पक्राउ

चितवन । २० वर्षअघि चितवन राष्ट्रिय निकुञ्जको टोलीले नन्दन ताल क्षेत्रमा खाग काटेर लगेको मृत गैंडा फेला पार्‍यो । २०६० माघ २० को उक्त घटनामा चार जना संलग्न भएको अनुसन्धानबाट खुलेको थियो । घटनामा संलग्न भएको आरोप लागेका चम्का जेठा र मुक्तिबहादुर भनिने मुक्तालाल पुन फरार थिए ।

निकुञ्जले फरार रहेका पुनलाई ०६७ जेठ २० मा १५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सुनायो । घटनाको झन्डै दुई दशकपछि र सजाय सुनाएको साढे १३ वर्षपछि निकुञ्ज र त्यहाँ तैनाथ सेनाको टोलीले उनलाई गत पुस २४ मा राप्ती नगरपालिकाको सिमलटाँडीबाट समायो । त्यसै दिन माइला तामाङ भनिने सोनामसिंह वाइबा पनि पक्राउ परे । उनले ०६३ साउन २८ मा गैंडा मारेपछि लुक्दै हिँडेको निकुञ्जको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज