सल्यान । सल्यानमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कुमाख गाउँपालिका १ टाटके बस्ने २६ वर्षीय धनराज कामीलाई भरुवा बन्दुक र केही थान छर्रासहित पक्राउ गरेको हो । कामीको घरमा प्रहरीले खानतलासी गरेको थियो ।
पक्राउ परेका धनराज कामीलाई जिल्ला प्रहरी कार्यालय सलयानको हिरासत कक्षमा राखेर अवैध हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सल्यानबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।