काठमाडौं । विशेष अदालतले ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा पूर्वसचिव दिनेशहरि अधिकारीलाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका छन् भने तत्कालीन सचिव अधिकारीलाई सफाइ दिएको हो ।
बस्न्यात र पन्तलाई भने दुई वर्ष कैद, ८० लाख जरिवाना र बिगो असुल गर्ने फैसला गरेको छ । बस्न्यात र पन्तलाई नक्कली मोही खडा गरेकोमा दोषी ठहर गरिएको हो ।