‘एउटै समूह बैंक र व्यवसायी हुँदा आउने समस्या निराकरण गर्ने कानुनी र नीतिगत व्यवस्था छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानुनी र नीतिगत व्यवस्था गरेको बताएका छन् । उनले यस दिशामा थप नीतिगत र कानुनी सुधारका कार्य भइरहेको पनि जानकारी दिएका छन् ।

‘एउटै समूह बैंक र व्यवसायी हुँदा आउने समस्या निराकरण गर्ने कानुनी र नीतिगत व्यवस्था छ’
प्रतिनिधिसभाको आइतबारको बैठकमा एमाले सांसद गोकर्णराज विष्टको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले मुलुकमा प्राप्त स्रोत–साधन सीमित घरानामा अधिक केन्द्रित हुँदा त्यसबाट विभिन्न प्रकारका जोखिम सिर्जना हुने साथै सीमित समूहले मात्र प्रतिफल पाउने भएकाले यस्तो अवस्थाको निराकरण गर्न बैंकिङ क्षेत्रमा एक व्यक्ति वा समूहले लिन पाउने कुल कर्जा सीमा तोकिएको जानकारी दिए ।

प्रधानमन्त्रीले उद्योगी–व्यवसायी घरानाले विभिन्न क्षेत्रमा लगानी गर्दा देशभित्र उत्पादन र रोजगारी बढाउन साथै आवश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन मद्दत पुग्ने उल्लेख गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज