काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगविरुद्ध दर्ता गरेको रिटमा आइतबार सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । विषयको गाम्भीर्यतालाई ध्यानमा राख्दै छिटो टुंग्याउनुपर्ने प्रकृतिको मुद्दा भएकाले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले उक्त रिटमा अग्राधिकार दिएको हो ।
प्रसाईं सञ्चालक रहेको बी एण्ड सी मेडिकल कलेजका तर्फबाट चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय लगायतलाई विपक्षी बनाइ छुट्टा छुट्टै दुई वटा रिट दायर गरेको थियो । रिटमा चैत ४ गतेलाई पेशी तोक्न आदेश गरेको छ ।