काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जबाट स्रोत नखुलेको ३८ लाख ६३ हजार रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका १ का अनुप थारू, बर्दियाकै बारबर्दिया नगरपालिका २ का २५ वर्षीया पूर्णिमा चौधरी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १६ का ३६ वर्षीय सहिब अहमद जसगड रहेका प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।