प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल, निजामती सेवा विधेयक पेस हुने

काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल सुरु हुने भएको छ ।

संघीय सांसदद्वारा जारी बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल हुने उल्लेख छ । प्रतिनिधि सभाको बैठक विहीबार बिहान ११ बजे बस्दै छ । 

संघीय संसद् सचिवालयका अनुसार तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी विद्येयक प्रतिनिधि सभामा पेस गरेका थिए । 

आजको बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० र निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

आजकै बैठकमा आर्थिक वर्ष २०८१/२०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।

 

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज