संघीय निजामती विधेयक प्रतिनिधिसभामा पेस

काठमाडौँ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा तयार गरिएको विधेयक प्रतिनिधिसभा बैठकमा पेस गरिएको छ । संसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले प्रतिनिधिसभाको बिहीबारको बैठकमा विधेयक पेस गरेका हुन् ।

विधेयक प्रस्तुत गर्दै मन्त्री जोशीले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गरी गर्नुपरेको बताए । मन्त्री जोशीले निजामती कर्मचारीलाई राजनीतिक रुपमा तटस्थ, पेशागत रुपमा सक्षम, समावेशी, व्यवसायिक, सहभागितामूलक र उच्च मनोबलयुक्त र नैतिकवान बनाई राज्यका तर्फबाट प्रदान गरिने सामाजिक सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न विधेयक ल्याइएको बताए ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७५ माघमा प्रतिनिधिसभामा दर्ता भएको थियो । तर यो विधेयक बिचैमा तुहिएपछि पुनः दोस्रो पटक यो विधेयक दर्ता भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज