नेपाल टेलिकमका इन्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । कार्यालयमा हाजिर गरेर आफ्नो छुट्टै कन्स्ट्रक्सन कम्पनी खोली कार्यालय समयमै ठेक्का पट्टाको काम गरेको पाइएपछि नेपाल टेलिकमका कार्यरत स्थायी कर्मचारी इन्जिनियर निर्मलप्रसाद सिटौला विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

इन्जिनियर सिटौलाले कार्यालय समयमै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनी स्थापना गरि सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको र अन्य व्यवसायीक गतिविधि गरेको पाइएपछि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

कार्यालयमा हाजिर पनि गर्ने र सोही समयमा अर्को कम्पनीमा काम गर्ने गतिविधि अख्तियारको दूरुपयोग भन्दै उनले भ्रष्टाचार गरेको आयोगले ठहर गरेको छ । सिटौलाले हिदुङ एन्ड थोकर कम्पनीबाट ४५ लाख १७ हजार पाँच सय पारिश्रमिक लिएको तथा मुनाफाबाट एक करोड १६ लाख दुई हजार पाँच सय चार बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।

आयोगले बिगोबमोजिमको कारबाहीको माग गर्दै गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्ने माग दाबीसहित मुद्दा दायर गरेको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज