माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा

काठमाडौं । नेसुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार विहान महरालाई कपिलवस्तुबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरालाई पक्रिएर मुद्दा चलाउन सिफारिस गरेको थियो । आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

नियन्त्रण लिइएका महरालाई छानविनका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज