३१ औं अधिवक्ता तहको अन्तिम परीक्षाफल प्रकाशित 

काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद्ले गत ३१ औं अधिवक्ता तहको अन्तिम परीक्षाफल आज प्रकाशन गरेको छ । परिषदले गत माघ महिनामा ३१ औं ३१ औं अधिवक्ता तहको परीक्षा लिएको थियो । परिषदले उत्कृष्ट १० जनाको लिस्ट समेत सार्वजनिक गरेको छ ।

काउन्सिलले परीक्षाको अन्तिम नतिजा सार्वजनिक सम्बन्धी सूचना सार्वजनिक गर्दै परीक्षार्थीहरूले कानून व्यवसायी प्रमाणपत्र लिनको लागि यो सूचना प्रकाशित मितिले १० दिन भित्र परिषद्बाट जारी भएको कानून व्यवसायी प्रमाणपत्र पाउँ भन्ने निवेदन सम्बन्धित निवेदक स्वयंले ल्याप्चे सहीछाप र दस्तखत गरी ३ प्रति कालो कोट सहितको पासपोर्ट साइजको फोटो पन्ध्र हजार पाँच सय रुपैयाँ तिरेको सक्कल बैंक भौचर बुझाउन सूचित गरेको छ ।

सूचनामा उत्तीर्ण परीक्षार्थी कुनै सरकारी वा गैर सरकारी कार्यालय वा संघ र संस्था वा निकायमा कार्यरत व्यक्ति वा अन्य कुनै व्यवसायमा संलग्न व्यक्तिले नोकरी समाप्त भएपछि वा व्यवसाय छोडेपछि मात्र परिषद्मा प्रमाणपत्रका लागि निवेदन दिन पाउने हुँदा कानून व्यवसाय गर्ने अनुमति प्राप्त नगरेकाहरूको हकमा तालिममा बस्न नपाइने र कानून व्यवसायी प्रमाणपत्र जारी नगरिने हुँदा त्यस्ता व्यक्तिले निवेदन दिन नपाउने उल्लेख गरिएको छ । तर पूरा समय नोकरी गर्ने व्यक्तिले कानून व्यवसाय गर्ने अनुमति निज बहाल रहेको निकायको अख्तियारवालाबाट स्वीकृति लिएको प्रमाण पेश गरेमा कानून व्यवसायी प्रमाणपत्रको लागि निवेदन दिन पाउने व्यवस्था रहेको उल्लेख गरिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज