वित्तीय उत्तरदायित्व ऐन परिमार्जन हुँदै, पहिलो संशोधन विधेयक संसदमा दर्ता

काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन परिमार्जन हुने भएको छ । यो ऐनलाई परिमार्जन गरेर समयसान्दर्भिक बनाउन अर्थ मन्त्रालायले संसदमा पहिलो संशोधन विधेयकका रुपमा यसलाई दर्ता गराएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक संसदमा दर्ता भएको हो । शुक्रबार अर्थमन्त्रायलयले संसदमा दर्ता गराएको यो विधेयकलाई अर्थमन्त्री वर्षामान पुनले प्रस्तुत गरेका हुन ।

अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० मा भएको रकमान्तर, स्रोतान्तर तथा कार्यक्रम संशोधन गर्न यो विधेयक संसद पुर्याएको हो ।

बजेटले व्यवस्था गरेको कार्यक्रमलाई सम्बोधन गर्न यो ऐनको उक्त दफामाथि संशोधन आवश्यक भएको औल्याएको छ । दफा २२ मै भएको वित्तीय हस्तान्तरणलाई प्रदेश र स्थानीय तहमा पठाउँदा सहजीकरण गर्ने उद्देश्यले संशोधन गर्न लागिएको उल्लेख छ ।

यो ऐन संशाधनले सरकारलाई थप आर्थिक दायित्व नपर्ने पनि संसदमा दर्ता भएको विधेयकमा स्पष्ट उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज