परराष्ट्र मन्त्री श्रेष्ठ चीन जाँदै, ७ वर्ष अघिको बीआरआई सम्झौता कार्यान्वयनको तयारी

काठमाडौं । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीन भ्रमणमा जाने भएका छन् । मन्त्री श्रेष्ठले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई)को कार्यान्वयनका गर्ने विषयमा सम्झौता गर्न चीन जान लागिएको उल्लेख छ ।

उत्तरी छिमेकी मुलुकको महत्वाकांक्षी एवं रणनीतिक विकास परियोजनामा सहभागी भएको ७ वर्षपछि कार्यान्वयनका लागि सम्झौता गर्ने तयारी भएको हो । सन् २०१७ मे मा चीनको महत्वाकांक्षी रणनीतिक महत्वको परियोजनामा सहभागी हुन दुई देशबीच सम्झौता भएको थियो । भुराजनीतिक मुद्दाले अल्झिएको यो परियोजना अघि बढाउने तयारीमा सरकारले लागेको छ ।

आइतबार उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ बीआरआई परियोजना सम्बन्धी छलफलका लागि चीन जान लागेका छन् । चिनियाँ विदेशमन्त्री याङ यी को निमन्त्रणामा उनी चीन जान लागेका हुन् ।

‘चिनियाँहरु जसरी पनि बीआरआई कार्यान्वयन गराउने पक्षमा छन् । यही बैठकमा सम्झौताको विषयमा छलफल हुदैछ । सम्झौता हुन पनि सक्ने विषयमा अर्थमन्त्री वर्षामान पुनसमेत सकारात्मक छन ।

प्रधानमन्त्री समेत कार्यान्वयन सम्बन्धी सम्झौताका लागि तयार छन् । परराष्ट्र मन्त्रालयका सहसचिव अमृत बहादुर राईले भने आइतबार मन्त्री श्रेष्ठ ‘गुडविल भिजिट’का लागि चीन जान लागेको बताए ।

‘यसमा त्यस्तो सम्झौताहरु हुने केहि छैन् । गुडविल भिजिटका लागि मात्रै जान लाग्नु भएको हो,’ उनले भने ‘एजेण्डाहरु राखिएको छैन ।’ मन्त्री श्रेष्ठ चीनका विभिन्न स्थानहरुको भ्रमण र केहि कार्यक्रममा सहभागी भएर चैत १९ गते स्वदेश फर्कनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज