बीएण्डसीको सम्बन्धन आदेशले आठ बैंकको साढे ५ अर्ब उठ्नेमा ढुक्क

काठमाडौं । बीएण्डसीको सम्बन्धन आदेशले आठ वटा बैंकबाट दुर्गा प्रसाईले लिएको साढे ५ अर्ब रुपैयाँ उठ्नेमा ढुक्क छन् । व्यवसायी दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालमा ब्याज बाहेक नै बैंकहरुको करिब ५ अर्ब ५७ करोड रुपैयाँ ऋण लगानी गरेका छन । अदालतको आदेशका कारण अब यो पैसा उठ्नेमा सम्बन्धित बैंक तथा वित्तीय संस्था ढुक्क छन् ।

मेडिकल कलेजले सम्बन्धन नपाउँदा गुमेको आम्दानीको स्रोत तथा बैंकको ब्याज थपिँदै गएका कारण प्रसाईले पछिल्लो एक वर्षभन्दा बढी अवधिदेखि उक्त ऋणको ब्याज तिरेका छैनन् । कुनै कर्जामा २०७९ असोज र कुनैमा पुससम्मको ब्याज तिरेको सम्बन्धित बैंक स्रोतको भनाइ छ ।

सर्वोच्च अदालतले प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएसँगै बैंकहरुले समेत सन्तोषको सास फेरेको एक बैंकरको भनाइ छ । अब प्रसाईले बैंक विरुद्धको आन्दोला छोडेर व्यवसायमा लाग्ने र नियमित किस्ता आउनेमा आफूहरु ढुक्क रहेको पनि ति बैंकरको भनाइ छ ।

बीएण्डसी मेडिकल कलेजमा साविकको जनता बैंकको नेतृत्वमा प्रभु बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक (साविकको एनबी बैंक)कुमारी बैंक (साविकको एनसीसी बैंक) राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्सको लगानी रहेको छ ।

सह–वित्तीयकरणमा लगानीको नेतृत्व साविकको जनता बैंकले गरे पनि उक्त बैंक ग्लोबल आईएमई बैंकमा मर्जर भएसँगै अहिले ग्लोबल आईएमई बैंकले नै उक्त कर्जाको नेतृत्व गरेको छ । यस बाहेक ग्लोबल आईएमई बैंकको नेतृत्वमा प्रसाईंकै पूर्वाञ्चल क्यान्सर अस्पतालमा समेत बैंकहरूको लगानी रहेको छ ।

प्रसाईंको कर्जा असुलीमा समस्या भएसँगै बैंकहरूले धितो लिलामी गर्ने चेतावनी दिएका थिए । बैंकहरुले धितो लिलामी गर्ने चेतावनी दिएसँगै उनले झापा जिल्ला अदालतमा लगानीको नेतृत्व गरेको ग्लोबल आईएमई बैंकसहितका बैंकलाई विपक्षी बनाउँदै रिट दायरसमेत गरेका थिए ।

यी हुन दुर्गाले मुद्दा जित्दा उत्साहित हुने कलेजहरु

प्रसाईंले मुद्दा जितेसँगै अब मनसाय पत्र प्राप्त गरेका तर सञ्चालनमा नरहेका थप १३ मेडिकल कलेजका लागि नजिर हुने भएको छ । यी मेडिकल कलेजको समस्या र एजेन्ण्ड बीएनसीकै जस्तो भएकोले अब जजसले अदालत जान्छन उनिहरुको पक्षमा बीएण्डीकै नजिरलाई आधार मानेर फैसला आउने भएको छ ।

हाल मनसायप्राप्त गरेर सञ्चालनमा नरहेका मेडिकल कलेजमा नेपाल प्रहरी मेडिकल कलेज, मनमोहन मेडिकल कलेज, काठमाडौं नेशनल मेडिकल कलेज, पिपुल्स डेन्टल मेडिकल कलेज एण्ड हस्पिटल छ ।

अनुमतिको पर्खाइमा रहेका कलेजमा इन्टरनेशनल इन्ष्टिच्यूट अफ मेडिकल साइन्सेज, ओएसिस मेडिकल कलेज टिचिंग हस्पिटल एण्ड रिसर्च सेन्टर, आश्विन मेडिकल कलेज एण्ड हस्पिटल छ ।

मनसायपत्र पाएका तर सञ्चालनमा नआएका कजेको सूचीमा पुष्पलाल मेडिकल कलेज, इष्टिच्युट अफ हेल्थ साइन्स एण्ड सर्भिसेज, नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज, मकवानपुर हेल्थ केयर एजुकेसन फाउण्डेसन, जनमैत्री फाउन्डेसन र सुश्रत मेडिकल एण्ड टिचिंड हस्पिटल रहेका छनु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज