काठमाडाै । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले हतियार बाेक्न पाएकाे अनुमति सम्बन्धमा छानबिन गर्न सर्वाेच्च अदालतले आदेश दिएकाे छ । सर्वाेच्चले मेडिकल व्यवसायी प्रसाईं र उनका बडीगार्डले राख्न नमिल्ने हतियार राखेको विषायमा आवश्यक छानबिन गर्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंका बडिगार्ड रामकुमार धिमालको साथबाट बरामद हतियार स्वचालित भएकाले लाइसेन्स लिएर पनि व्यक्तिले बोक्न नमिल्ने भन्दै छानबिन गर्न गृह मन्त्रालयलाई आदेश दिएको हो ।
सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका बडिगार्ड राजकुमार धिमाल ५ चैतमा हतियार सहित पक्राउ परेका थिए ।
सर्वोच्चले मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १३१ को उपदफा (१) मा खास किसिमका हतियार प्राप्त गर्न नहुने शीर्षक अन्तर्गत देहाय (घ) मा जुनसुकै प्रकारको राइफल तथा त्यसको खरखजाना समावेश गरी त्यस्ता हतियार राख्ने इजाजत प्राप्त गर्न नसकिने गरी नकारात्मक सूची राखेको उल्लेख गरेको छ । यस्ता हतियार सुरक्षा निकायका अधिकारीबाहेक सर्वसाधारण नागरिकले राख्न नपाउने सर्वोच्चले बताएको छ ।