सबै पालिकास्तरमा पर्यटन रणनीति तथा कार्ययोजना बनाइँदै, ब्रान्डिङमा नयाँ कानून आवश्यक

काठमाडौ । सरकारले सातै प्रदेशमा पालिकास्तरीय पर्यटन रणनीति तथा कार्ययोजना बनाउने भएको छ । पर्यटनको ब्रान्डिङमा नयाँ कानून आवश्यक भएकाे पनि सराोकारवालाहरुले बताएका छन् ।

यसका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा सातै प्रदेशका पर्यटन मन्त्रालयहरुको समन्वयमा सातै प्रदेशमा “पालिकास्तरिय पर्यटन प्रवद्र्धन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशाला ” गरेका छन ।

जनप्रतिनिधि तथा पर्यटन शाखा योजना शाखासंग सम्बन्धित कर्मचारीहरुको क्षमता बृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुराउन उक्त कार्यशाला भएको हो । यो कार्यशालामा सातै प्रदेशका करिब २ सय बढी स्थानीय सरकारहरु सहभागि भएको परियोजनाले जानकारी दिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव गोविन्द बहादुर कार्कीले पर्यटन विकासका लागि मन्त्रालयले गरिरहेका कार्यहरु र आगामी कार्ययोजनाका बारेमा प्रकाश पार्दै यो कार्यशालाले पालिकाहरुलाई आफ्नो पालिकाको रणनीति तय गर्न सघाउ पुग्ने बताए ।

युएनडीपीका पोर्टफेलियो म्यानेनर कल्पना सरकारले कार्यक्रमबाट पालिकाहरुले भोलीका दिनमा पर्यटन विकासका लागि अबलम्बन गर्ने रणनीति तय हुने बताए।

कार्यशालामा नेपाल सरकारका पूर्व सहसचिव तथा सहजकर्ता रमेश कुमार अधिकारीले पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमाका विषयमा प्रस्तुतिकरण गर्दै पर्यटनका लागि हरेक पालिकाको स्पष्ट नीति र कार्यनीती आवश्यक भएकाले सोही अनुरुप यो कार्यशाला आयोजना गरिएको र समग्रमा कार्यशाला फलदायी भएको जानकारी दिए ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङ्गले विभागले चालु आवमा सञ्चालन भएका योजना र प्रदेशका विभिन्न पालिकामा गरिरहेका कार्य तथा स्थानीय निकायसंगको सहकार्यका विषयमा, नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहीणि प्रसाद खनालले बोर्डले पर्यटन प्रवद्र्धन, ब्रान्डिङको महत्व र बोर्डले यस क्षेत्रमा गरिरहेका कार्यबारे र नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा उप प्राध्यापक टीपीभुसालले पर्यटन प्रवद्र्धनधनमा आमसञ्चार माध्यमको भूमिका र सञ्चार क्षेत्रसङको सहकार्य लगायतका विषयमा प्रस्तुतिकरण दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज