सर्वोच्चका मुद्दामा १५ प्रतिशतको मात्रै फैसला, एउटै न्यायाधीशकोमा १३० वटा पेशीमध्ये जम्मा ५ वटाकाे फैसला

काठमाडौं । सर्वोच्च अदालतमा मुद्दाको चाङ लागेको छ । मुद्दाको संख्या अनुसार न्यायाधीश कम, पेशी तोकिएको मुद्दा हेर्न नमिल्ने र नभ्याइनेको संख्या धेरै भएका कारण मुद्दाको चाङ बढेको हो ।

आइतबार मात्रै सर्वोच्च अदालतमा ९ वटा इजलास बसेकोमा जम्मा २९७ वटा मुद्दा पेशी तोकिएको थियो । यसमध्ये जम्मा ४४ वटा मुद्दाको मात्रै फैसला भएका छन । आइतबारको पेशी तोकिएको कुल मुद्दामध्ये फैसला भएको मुद्दा संख्या करिब १५ प्रतिशत मात्रै हो ।

यसमध्ये हेर्न नभ्याइने १०४ र हेर्न नमिल्ने ९५ रहेका छन् । आइतबार सर्वोच्चमा बसेको ९ वटा इजलासमध्ये एउटै न्यायाधीशको १३० वटा मुद्दाको पेशी परेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाल र कुमार चुडालको इजशालसमा परेको १३० वटा मुद्दामध्ये जम्मा ५ वटाको मात्रै फैसला भएको छ । यि मध्ये ४४ वटा हेर्न नभ्याइनेमा परेको थियो भने ८१ वटा मुद्दा हेर्न नमिल्नेमा परेको छ ।

आज सोमबारसमेत २०३ वटा मुद्दा साप्ताहिक पेशी सुचीमा चढेका छन ।

यस्ताे छ आइतबारकाे मुद्दाका पेशी सुची

इजलास नं माननीय न्यायाधीश पेसी फैसला नि.सु हेर्दाहेर्दै आदेश स्थगित हेर्न नभ्याइने हेर्न नमिल्ने अन्य
मा. न्या. डा. श्री आनन्दमोहन भट्टराई ३६ २६
मा. न्या. डा. श्री नहकुल सुवेदी
मा. न्या. श्री प्रकाश कुमार ढुंगाना २८ २१
मा. न्या. श्री सुनिल कुमार पोखरेल
मा. न्या. श्री सुष्मालता माथेमा २६ १२
मा. न्या. श्री अव्दुल अजीज मुसलमान
मा. न्या. श्री महेश शर्मा पौडेल २१ ११
मा. न्या. श्री हरिप्रसाद फुयाल १३० ४४ ८१
मा. न्या. डा. श्री कुमार चुडाल
मा. न्या. डा. श्री मनोजकुमार शर्मा ४८ १६ १३ १०
मा. न्या. श्री बालकृष्ण ढकाल
मा. न्या. श्री सुष्मालता माथेमा
मा. न्या. श्री अव्दुल अजीज मुसलमान
मा. न्या. श्री सुष्मालता माथेमा
मा. न्या. श्री अव्दुल अजीज मुसलमान
मा. न्या. श्री सुष्मालता माथेमा
मा. न्या. श्री अव्दुल अजीज मुसलमान
जम्मा २९७ ४४ ३५ १६ १०४ ९५

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज