काठमाडौंलाई मात्रै हेरेर कानुन बनाउनु हुँदैनः सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले काठमाडौंलाई मात्रै हेरेर कानुन बनाउन नहुने बताएकी छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयकमाथिका सैद्धान्तिक छलफलका क्रममा आफ्नो धारणा राख्दै सांसद गौतमले यस्तो बताएकी हुन् ।

राज्यले कानुन बनाउँदा सबै वर्ग र भूगोललाई विचार गरेर बनाउनु पर्ने सांसद गौतमको भनाई थियो । उनले भनिन्, राज्यले एकातिर १ सय रुपैयाँमा कम्पनी खोल्न सक्ने नीति बनाएको छ, अनि अर्कोतिर विद्युतीय व्यापार गर्नका लागि ती कम्पनीले आफ्नै वेबसाइट, एप बनाउनुपर्ने प्रावधान राखेको छ । १ सय रुपैयाँ पुँजी भएको कम्पनीले कसरी वेबसाइट, एप र सफ्टवेयर बनाउन सक्छ ? सांसद गौतमले प्रश्न गरिन । 

सांसद गौतमले काठमाडौँलाई मात्रै हेरेर कानुन बनाउने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै भनिन्, ‘हामीले काठमाडौँलाई मात्रै हेरेर कानुन बनाउने गरेका छौं । त्यसो होइन नेपालका दूरदराज पनि आँखा लगाएर अगाडि बढ्नुपर्छ ।’

सांसद गौतमले भनिन्, युवाहरू आर्थिक हिसाबले आत्मनिर्भर हुन विदेशिएका छन् ।  नव उद्यमीको भावना समेट्न सक्ने गरी विद्येयक पास गर्न सक्ने हो भने युवा देशमै आत्मनिर्भर भएर बस्न सक्छन् र आर्थिक समृद्धिमा योगदान पुग्न सक्छ। विद्युतीय माध्यमको प्रयोग गरी हुने व्यापार, व्यवसायको नियमनको लागि विद्युतीय व्यापार सम्बन्धी विधेयक आवश्यक रहेको बताउँदै प्रस्तावित विधेयकलाई नव उद्यमी युवाको आँखाले पनि हेर्न उनले आग्रह गरिन । 

सांसद गौतमले यो विद्येयकका धेरै प्रावधानमा समस्या रहेको भन्दै विद्येयकले उद्यमी व्यवसायीलाई सहज झन्झट रहित व्यापार व्यवसाय गर्न प्रोत्साहन गर्नु पर्नेमा झन धेरै जटिल व्यवस्था गरेको भन्दै सबै विद्युतीय व्यापार गर्ने सबैलाई एउटै आँखाले हेर्नु नहुने बताइन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज