नेपाल टेलिकम र सर्वोच्च अदालतबीच सम्झौता 

काठमाडौं । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा विविध दूरसञ्चार सेवाहरू उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्च अदालतको तर्फबाट सह रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार नेपाल टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा Dedicated इन्टरनेट र Dedicated इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा SMS Alert Service र Pull SMS Service (Short Code) उपलब्ध गराउनेछ । 

हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरू तथा उच्च अदालत अन्तर्गतका इजलासहरू र विभिन्न जिल्ला अदालतहरूमा उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज