काठमाडौं । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी दिएकी छिन्। श्रीमतीको उजुरीसँगै नेपाल आइडल सिजन २ का विजेता समेत रहेका गायक ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी श्रीमतीले चैत २० गते बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै किटानी उजुरी दिएकी थिइन् । सोही दिन अदालतले ओडविरुद्ध पक्राउ पुर्जीको अनुमति दिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको हो ।
गायक ओड सांगीतिक कार्यक्रमको सिलसिलामा जापानमा रहेको बुझिएको प्रहरीले जनाएको छ ।