काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट इन्दिरा गिरीलाई हटाउन गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको हो ।
स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको आरोप लगाउँदै नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि गिरी स्वतः पदमुक्त भएकी थिइन । श्रेष्ठको उक्त पत्र लगत्तै सांसद गिरी पदमुक्त भएको सूचना चैत २६ गते टाँस गरिएको थियो ।