काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा गौशाला २६ को जन्मदर्ता बनाउन पेश गरेको निवेदनको सक्कल प्रति झिकाउन आदेश गरेको छ । सोमबार न्यायाधीशहरू मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले यस्तो आदेश गरेको हो ।
उच्च अदालतले १८ पुस २०७५ मा जारी भएको गौशला २६ को जन्मदर्ताको प्रमाणपत्र पनि पेश गर्न आदेश दिएको छ ।
गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै सन्दीपलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको थियो । सन्दीपले जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।
यस लगत्तै सरकारी वकिल कार्यालयले जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।
सम्बन्धित समाचार: