विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हटाउन सोमवार प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभामा यी दुई दलले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत माग्न निर्देशन दिन प्रदेशसभा सचिवालयमा संकल्पप्रस्ताव दर्ता गरेका हुन ।
संकल्प प्रस्तावमा मुख्यमन्त्री कार्कीले २५ वैशाखभित्र विश्वासको मत लिनुपर्ने उल्लेख गरिएको छ। प्रस्तावको प्रस्तावक एमाले प्रमुख सचेतक भण्डारी रहेका छन् भने समर्थकमा एमाले सांसद किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका सांसद गणेश उप्रेती रहेका छन् ।